२०८२ पौष १४, सोमबार

रमेश लेखक

आयोगलाई लेखकले भने आवश्यकताभन्दा बढी बल प्रयोगका लागि कुनै निर्देशन नदिएको

रमेश लेखकले भदौ २३ गते गरेको आन्दोलनका क्रममा आफूले आवश्यकताभन्दा बढी बल प्रयोगका लागि कुनै निर्देशन नदिएको बताएका छन्।
आयोगलाई लेखकले भने आवश्यकताभन्दा बढी बल प्रयोगका लागि कुनै निर्देशन नदिएको

४ पुस, काठमाडौं /  पूर्व गृहमन्त्री रमेश लेखकले भदौ २३ गते जेनजी पुस्ताले आह्वान गरेको आन्दोलनका क्रममा आफूले आवश्यकताभन्दा बढी बल प्रयोगका लागि कुनै निर्देशन नदिएको बताएका छन्। जेनजीहरूको आन्दोलनका क्रममा आन्दोलनकारीहरूको मृत्यु भएपछि गृहमन्त्रीको हैसियतबाट राजीनामा दिएको पनि उनले बताएका छन्।

निवर्तमान गृहमन्त्री रमेश लेखकले गत २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएका घटनाहरूको निष्पक्ष, वस्तुनिष्ट, तथ्यपरक र पूर्वाग्रह ढंगले सुक्ष्म अध्ययन गर्न जाँचबुझ आयोगलाई सुझाव दिएका छन् ।

‘आयोगलाई पनि मैले निवेदन गरेको छु । आयोगले भदौ २३ र २४ गते भएका घटनाहरूका् निष्पक्ष, वस्तुनिष्ट, तथ्यपरक, पूर्वाग्रहरहित ढंगले सम्पूर्ण कुराहरूको विश्लेषण गरेर अत्यन्त सुक्षम ढंगले अध्ययन गरेर आफ्नो प्रतिवेदन तयार गरोस् । सरकारलाई सिफारिस गरोस्,’ उनले भनेका छन् ।

नेपाली कांग्रेस सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सोमबार पत्रकार सम्मेलन गर्दै लेखकले आवश्यक परेको खण्डमा फेरि पनि बयानका लागि बोलाउन आयोगलाई भनेको जानकारी पनि गराए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस