२०८२ अषाढ १७, मंगलबार

प्रतिनिधिसभा बैठक आज सञ्चालन हुन्छ : सभामुख

सभामुख देवराज घिमिरेले सोमबार दिउँसो देखि संसद् बैठक सञ्चालन हुने बताएका छन् ।
प्रतिनिधिसभा बैठक आज सञ्चालन हुन्छ : सभामुख

२६ जेठ काठमाडौँ / सभामुख देवराज घिमिरेले सोमबार दिउँसो देखि संसद् बैठक सञ्चालन हुने बताएका छन् ।

राससले आयोजना गरेको ‘पवर्वतीय पर्यटनः हाम्रो सान, हाम्रो पहिचान’ तस्बिर प्रदर्शनीको अवलोकनपछि उनले केही दिनदेखि अवरुद्ध भएको प्रतिनिधिसभाको बैठक आजदेखि सञ्चालन हुने बताएका हुन् ।

‘सदन अवरूद्ध हुनुपर्ने नै होइन, तर भयो । प्रतिनिधिसभा बैठक आज २ बजेदेखि सञ्चालन हुनेछ । सामान्यतया ११ बजे, १ बजे राखिने बैठक सञ्चालन गर्नका लागि २ बजे राखिएको हो, मलाई आशा छ, २ बजेदेखि संसद् सुरू हुन्छ,’ उनले भने ।

बजेटको महत्त्वपूर्ण कार्यसूचीमा छलफल गर्न लागेको अवस्थामा बैठक अवरुद्ध भएकाले अब छलफलमा भाग लिने सांसद संख्या घटाइने एवं विधि पुर्‍याएर छलफल गरिने बताए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस