२०८२ फागुन ३०, शनिबार

मोरङ

मोरङमा श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या

मोरङको रंगेलीमा श्रीमानले श्रीमतीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।
मोरङमा श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या

माघ २०, विराटनगर / मोरङको रंगेलीमा श्रीमानले श्रीमतीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । मोरङको रंगेली नगरपालिका–५ बहुवन बस्ने अन्दाजी २१ वर्षीय मुकेशकुमार मण्डलले सोही वडाको धनपट्टीस्थित ससुराली पुगेर २१ वर्षीया अम्बिकाकुमारीको हत्या गरेको प्रहरीले जनाएको छ ।

मुकेश सोमबार बेलुका ससुराली घरमा पुगेका थिए । अम्बिकाकुमारीलाई चक्कुले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।पत्नीको मृत्यु भएपछि मुकेशले पनि त्यही चक्कुले आफ्नो घाँटी रेटेको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । घटनाको अनुसन्धानका लागि मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल घटनास्थल पुगेका थिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस