२०८२ आश्विन ३०, बिहिबार

ज्वाङखोला र तिङराङखानीमा पहिरो, पृथ्वीराजमार्ग अवरुद्ध

  • दृष्टि नेपाल
  • २०८२ आश्विन ९, बिहिबार
ज्वाङखोला र तिङराङखानीमा पहिरो, पृथ्वीराजमार्ग अवरुद्ध

९ असोज मलेखु / धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० स्थित ज्वाङखोला र तिङराङखानीमा पहिरोका कारण पृथ्वीराजमार्ग फेरि अवरुद्ध भएको छ । सडकमा ठूलो परिमाणमा माटो र ढुंगा खस्दा सवारी आवागमन दुवैतर्फ रोकिएको हो । आज बिहान करिब १० बजेबाट पहिरो खस्न सुरु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी निरीक्षक सुरज श्रेष्ठले हाल सडकमा यातायात सञ्चालनका लागि पहिरो हटाउने काम भइरहेको जानकारी दिए ।

दसैँ सुरु भएसँगै घर फर्किने यात्रुको चाप बढिरहेका बेला राजमार्ग अवरुद्ध हुँदा हजारौँ सवारीसाधन बाटोमै रोकिएका छन् । रोकिएका सवारीसाधनलाई सम्भावित जोखिम कम हुने सुरक्षित स्थानमा सार्न सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।

अवरुद्ध स्थाननजिकै मात्र नभई अन्य ठाउँमा पनि पहिरोको उच्च जोखिम रहेको भन्दै यात्रुलाई सतर्क रहन र आवश्यक परे वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस