२०८२ आश्विन ३०, बिहिबार

मधेश प्रदेशका सांसद सरोज सिंह पक्राउ , मुद्दा दर्ता गरिँदै

मधेश प्रदेशका सांसद सरोज सिंह पक्राउ , मुद्दा दर्ता गरिँदै

३० असोज, काठमाडौं / जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेश सांसद सरोजकुमार सिंह कुशवाहा पुनः पक्राउ परेका छन् ।
सांसद विकास कोषको रकम दुरुपयोग गरेको आरोप खेप्दै आएका उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

उनले सांसद विकास कोषको रकमबाट ३७ प्रतिशतसम्म कमिसन आफ्नो खातामा हालेको आरोप छ । पूर्वगृहराज्यमन्त्री समेत रहेका उनी यसअघि पनि पक्राउ परेर तारेखमा छुटेका थिए । अहिले भने विशेष अदालतमा मुद्दा दर्ता गर्ने प्रयोजनका लागि पक्राउ गरिएको अख्तियार स्रोतले बतायो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस