८ असोज काठमाडौँ / नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ । भोलिदेखि सुरू हुने केन्द्रीय समितिको बैठकमा पेस गर्ने एजेण्डा तय गर्न बैठक बसेको हो । माओवादी मंसिरमा विशेष महाधिवेशनको तयारीमा जुटेको छ ।
असोज ५ गते बसेको पदाधिकारी बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय समिति भंग गर्ने र विशेष महाधिवेशनमा जाने प्रस्ताव गरेका थिए ।
आजको स्थायी समिति बैठकले उक्त प्रस्तावसमेतलाई एजेन्डाका रुपमा अगाडि बढाउने छ ।