५ असोज काठमाडौँ / भारतीय राजदूत नवीन श्रीवास्तवले ऊर्जा जलस्रोत तथा सिँचाई, सहरी विकास तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङसँग भेटवार्ता गरेका छन् । आइतबार ऊर्जा मन्त्रालयमा दुई जनाबिच शिष्टाचार भेटवार्ता भएको हो ।
वार्ताका क्रममा नेपालको विकास आयोजनाहरूमा भारतीय लगानी, सहयोग र आपसी सम्बन्धबारे कुराकानी भएको मन्त्री घिसिङको सचिवालयले जनाएको छ ।
मन्त्री घिसिङले नेपालको विकासमा भारतले सहयोगको उल्लेखनीय रहेको भन्दै बदलिँदो परिस्थितिमा थप सहयोग तथा सहकार्यको अपेक्षा रहेको बताएका थिए । राजदूत श्रीवास्तवले नेपालको विकासमा भारतको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।