२०८२ पौष ९, बुधबार

रवि र बालेन

रवि र बालेन शाहबीच भेटवार्ता

रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ । 
रवि र बालेन शाहबीच भेटवार्ता

पुष ८, काठमाडौँ / रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ ।काठमाडौंको कमलपोखरीस्थित रास्वपा नेता असीम शाहको निवासमा साँझ ६ बजेदेखि सुरु भएको भेट करिब ६ घण्टासम्म चलेको थियो।

रास्वपा सभापति रवि लामिछानेले सोमबार काठमाडौं महानगरका मेयर बालेन शाहसँग भेटवार्ता गरेका छन्। मुलुकको समसामयिक राजनीतिक अवस्था, वैकल्पिक राजनीतिलाई संस्थागत गर्ने र देश परिवर्तनका लागि दीर्घकालीन सहकार्यका विषयमा गम्भीर छलफल भएको जनाइएको छ। यो छलफल फागुन २१ को आमनिर्वाचनमा बालेनलाई प्रधानमन्त्री बनाउने गरी सहकार्यमा केन्द्रित रहेको स्रोतले जनाएको छ।

झन्डै ६ घण्टाको वार्तापछि रवि र बालेन एउटै गाडीमा बाहिरिएका थिए।

 

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस