२०८२ फागुन २९, शुक्रबार

नेपाल सरकार

नेपाल सरकारको म्यानमारलाई सहयोग

नेपाल सरकारले म्यान्मार सरकारलाई सहयोग स्वरुप तीन लाख ५० हजार अमेरिकी डलर प्रदान गरेको छ ।
नेपाल सरकारको म्यानमारलाई सहयोग

फागुन ४, काठमाडौँ/ नेपाल सरकारले म्यान्मार सरकारलाई सहयोग स्वरुप तीन लाख ५० हजार अमेरिकी डलर प्रदान गरेको छ।गत मार्चको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त म्यान्मारका दुई धार्मिक सम्पदाको पुनर्निर्माणका लागि नेपालले सहयोग गरेको हो ।

म्यान्मारका लागि नेपालका राजदूत हरिश्चन्द्र घिमिरेले म्यान्मारको मण्डले सहरको दक्षिण–पश्चिम क्षेत्रमा अवस्थित महामुनी पगोडा परिसरमा हालै आयोजित समारोहमा पगोडाका महासचिव थानउलाई तीन लाख अमेरिकी डलरको चेक हस्तान्तरण गर्नुभएको याङ्गुनस्थित नेपालको राजदूतावासले जनाएको छ।

गङ्गाघाट मन्दिर म्यान्मारमा बसोबास गर्ने नेपाली समुदायको महत्वपूर्ण धार्मिकस्थल हो।साझा धार्मिक सम्पदाको संरक्षण तथा प्राकृतिक विपत्तिबाट प्रभावित सांस्कृतिक महत्वका स्थलहरूको पुनःस्थापनामा सहयोग गर्ने नेपाल सरकारको प्रतिबद्धता झल्काउने उक्त दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस