२०८२ अषाढ १७, मंगलबार

भुटानविरूद्ध नेपालले जोड्यो ३५८ रन, रौनकको शतक

भुटानविरूद्ध नेपालले जोड्यो ३५८ रन, रौनकको शतक

१७ असार काठमाडौँ / मलेसियामा भइरहेको एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ अन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा नेपालले भुटानविरूद्ध ३५८ रन बनाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षतिमा ३५८ रन जोडेको हो ।

नेपालका लागि रौनक श्रीवास्तावले शतक प्रहार गरे । उनले अन्तिम ओभरमा आउट हुनुअघि १३२ बलमा १६ चौका र ५ छक्काको मद्दतमा १६८ रन बनाए । जय थापाले नटआउट ६१ रन बनाए । थापाले ६७ बलमा ७ चौका प्रहार गरे ।

त्यसअघि ओपनरद्वय परिमार्जन यादव २ रन र प्रसिद्ध जैशी ७ रनमा आउट भएका थिए। दुवैलाई भुटानका सांगे दर्जीले बोल्ड गरेका थिए । त्यसपछि शिवान्स बजाइले रनआउट हुनुअघि ५४ रन बनाए भने सुगम बुढाथोकीले ३५ रनको योगदान दिए ।

यसअघि नेपालले लगातार तीन खेल जितेर सेमिफाइनलमा स्थान बनाइसेको छ । नेपालले आइतबार भएको खेलमा इन्डोनेसियालाई ३७० रनको फराकिलो अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो । नेपालले पहिलो खेलमा सिंगापुर र दोस्रो खेलमा जापानमाथि सहज जित निकालेको थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस