२०८२ श्रावण १६, बिहिबार

वीरगञ्जका स्थानीयलाई पानी बाँड्दै नेपाली सेना

मधेसमा घडेरीका कारण यसपालि पिउने पानीदेखि सिँचाइसम्म प्रभावित भएको छ ।
वीरगञ्जका स्थानीयलाई पानी बाँड्दै नेपाली सेना

११ साउन काठमाडौँ / मधेसमा घडेरीका कारण यसपालि पिउने पानीदेखि सिँचाइसम्म प्रभावित भएको छ । वर्षा नहुँदा खेत रोपाइँ हुन सकेको छैन भने कतिपय गाउँहरूमा खानेपानीको हाहाकार देखिएको छ ।

पर्साको वीरगञ्ज महानगरपालिकाको ३२ वटै वडामा खानेपानी समस्या छ । वडा नम्बर १९ विन्दवासिनी र २४ राम गडुवामा झन् ठूलो समस्या छ । खानेपानी समस्या समाधानका लागि मधेस प्रदेश सरकार, नेपाली सेना, स्थानीय जनप्रतिनिधि र खानेपानी संस्थान मिलेर पानी वितरण गरिरहेका छन् ।

नेपाली सेनाको मध्यपूर्वी पृतना हेडक्वाटरको २८ वाहिनी अन्तर्गत श्री श्रीजंग गणले दैनिक ३ चरणमा (बिहान ७ बजे, दिनको २ बजे र साँझ ६ बजे) पानी वितरण गर्ने गरेको छ ।

६ वटा दमकलबाट दैनिक ९० हजार लिटर पानी वितरण गरिरहेको गणपति प्रमुख सेनानी लोकेन्द्र कार्कीले जानकारी दिए । गाउँमा रहेका चापाकल, इनार र कुवा सुकेको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस