२०८२ फागुन २९, शुक्रबार

झापा

झापामा एक व्यक्तिको ‘सिरिन्ज आक्रमण’ बाट मृत्यु

झापामा ‘सिरिन्ज आक्रमण’ बाट स्थानीय खेम ढकालको मृत्यु भएको छ ।
झापामा एक व्यक्तिको ‘सिरिन्ज आक्रमण’ बाट मृत्यु

माघ २३, झापा / झापाको भद्रपुर नगरपालिका–१० सत्रविघेमा ‘सिरिन्ज आक्रमण’ बाट स्थानीय खेम ढकालको मृत्यु भएको छ । बिहीबार साँझ ढकाललाई घर नजिकै सिरिन्ज आक्रमण भएको थियो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्र खड्काका अनुसार आक्रमणमा संलग्न विष्णुपुर–१ सिरहाका २६ वर्षीय दीपेन्द्रकुमार सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसका विद्यार्थी सिंह केही दिनयता झापामा थिए । चन्द्रगढी विमानस्थल नजिकैको एक होटलमा बसेर ढकालको घर खोजी गरेको र घर पत्ता लागेपछि पछ्याएर उनको गर्धनमा सिरिन्ज प्रहार भएको प्रहरीले जनाएको छ । ढकालको उपचारका क्रममा मृत्यु भएको थियो । ढकालकी छोरी पनि धरानमै एमबीबीएस अध्यनरत छिन् । प्रहरीले घटनाको प्रकृति गम्भीर रहेकाले थप प्रमाण संकलन, पोस्टमार्टम रिपोर्ट र फरेन्सिक परीक्षणका आधारमा अनुसन्धान अगाडि बढाइने जनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस