२०८२ अषाढ १७, मंगलबार

दुर्गा प्रसाईंसहितलाई ४ दिन हिरासत राख्न अनुमति

न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले प्रसाईंमाथि अनुसन्धानका लागि थप ४ दिन हिरासत राख्न अनुमति दिएको हो ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ ५, आईतबार
दुर्गा प्रसाईंसहितलाई ४ दिन हिरासत राख्न अनुमति

४ जेठ काठमाडौँ / दुर्गा प्रसाईंसहितलाई ४ दिन हिरासत राख्न अदालतले अनुमति दिएको छ । न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले प्रसाईंमाथि अनुसन्धानका लागि थप ४ दिन हिरासत राख्न अनुमति दिएको हो ।

यो म्यादभित्र प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझाउने तयारीमा छ । केही दिनमा सरकारी वकिलको कार्यालयले त्यसपछि बढीमा चार दिनमा तीनकुने घटनामा संलग्न रहेको आरोपमा १०० बढीलाई प्रतिवादी बनाउँदै अभियोग पत्र दायर गर्दैछ ।

प्रसाईं चैत १५ गते काठमाडौँको तीनकुने घटनामा भएको राजावादीको हिंस्रक प्रदर्शनमा सहभागी भएका थिए । त्यसदिन प्रसाईं आफैँले प्रहरीमाथि नै गाडी कुदाउन खोजेका थिए । त्यसपछि उनी फरार थिए। भागेर भारत पुगेका उनलाई प्रहरीले पक्राउ गरी काठमाडौँ ल्याएको हो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस