२०८२ अषाढ १७, मंगलबार

चितवन भरतपुर

प्रधानमन्त्री ओलीले भोलि भरतपुरको ६ लेन सडक उदघाटन गर्ने

सडक उदघाटन
प्रधानमन्त्री ओलीले भोलि भरतपुरको ६ लेन सडक उदघाटन गर्ने

४ वैशाख,  काठमाडाैँ / आकर्षक र सुन्दर देखिएको चितवन भरतपुरको गोन्द्राङदेखि पुल्चोक नारायणगढसम्मको ६ लेन सडक उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली भोलि चितवन आउने भएका छन् ।

चितवन आएकै बेला प्रधानमन्त्री ओलीले इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवन पनि उद्घाटन गर्ने र नारायणगढ–बुटवल सडक निरीक्षण गर्ने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री ओलीले गत चैत २५ गते नै ६ लेन सडक उदघाटन गर्ने तयारी थियो । तर उनको कार्यव्यस्ततालाई कारण देखाउँदै कार्यक्रम स्थगित गरिएको थियो ।
शुक्रबार सडक उदघाटन लगायतका कार्यक्रमका लागि प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकोप्टर चढेर चितवन आउने कार्यक्रम तय भएको छ ।

नारायणगढ–गोन्द्राङ ६ लेन सडक निर्माणको शिलान्यास प्रधानमन्त्री ओलीले नै २०७७ माघ २७ गते शिलान्यास गरेका थिए । शिलान्यास गरेको ठाउँ भरतपुर विमानस्थल अगाडि नै उद्घाटन कार्यक्रम राखिएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले भरतपुर–गोन्द्राङ सडक र सिटी हलको शिलान्यास एकैदिन गरेका थिए । एसियन मापदण्डको हाइवे अन्तर्गत ६.०८ किलोमिटर लामो सडक निर्माणको काम गत पुस २८ गते नै सकिए पनि सिटी हल भने अझै तयार भएको छैन ।

१ अर्ब १२ करोडको लागतमा सगुन कन्स्ट्रक्सन प्रा.लि.ले सडक बिस्तार गरेको हो । प्रालिले सडक निर्माणको काम सकेर सडक डिभिजन कार्यालय भरतपुरलाई हस्तान्तरणसमेत गरिसकेको छ । निर्माण सकिएको पाँच वर्षसम्म सडक बिग्रिएमा मर्मतको काम सोही ठेकेदार कम्पनीले नै गरिदिने सम्झौता छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस