२०८२ फागुन २९, शुक्रबार

झापा क्षेत्र ५

झापामा रास्वपाको सम्पर्क कार्यालय तोडफोड

झापा निर्वाचन क्षेत्र ५ मा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सम्पर्क कार्यालयमा बुधबार मध्यराति तोडफोड भएको छ ।
झापामा रास्वपाको सम्पर्क कार्यालय तोडफोड

माघ २२, झापा / झापा निर्वाचन क्षेत्र ५ मा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सम्पर्क कार्यालयमा बुधबार मध्यराति तोडफोड भएको छ । स्थानीय जयराम अधिकारीको घरको माथिल्लो तला भाडामा लिएर रास्वपाले सम्पर्क कार्यालय स्थापना गरेको थियो । सो कार्यालयको झ्यालको सिसा फुटेको छ । प्रहरीले कार्यालयलाई नै लक्षित गरी आक्रमण भएको जस्तो देखिएको बताएको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको र तोडफोड कार्यमा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस