
माघ २८, काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीले धनगढीबाट चुनावी सभा सुरू गर्ने भएको छ। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि रास्वपाले मास प्रदर्शनसहितको जनप्रदर्शन गर्न लागेको हो। रास्वपाले धनगढीबाट सभा सुरू गर्न लागेको सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिएकी छिन्। उक्त सभामा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह संयुक्त रूपमा सहभागी हुने र सम्बोधन गर्ने कार्यसूची रहेको छ। रास्वपाले कम्तीमा सात स्थानमा ठूला सभा गर्ने तयारी गरेको छ।