२०८२ कार्तिक २०, बुधबार

बयानका लागि रविलाई सिंहदरबार ल्याइयो

रवि लामिछानेलाई बयानका लागि नख्खु कारागारबाट सिंहदरवार ल्याइएको छ ।
बयानका लागि रविलाई सिंहदरबार ल्याइयो

१९ कात्तिक, काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि नख्खु कारागारबाट सिंहदरवार ल्याइएको छ । उच्चस्तरीय जाँचबुझ आयोगले उनीसँग बयान लिन सिंहदरबारस्थित आयोगको कार्यालयमा झिकाएको हो ।

जेनजी आन्दोलनको क्रममा रवि लामिछाने नख्खु कारागारबाट बाहिर निस्किएको घटनाबारे बयान दिन गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई बोलाएको हो ।

सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछाने पुर्पक्षका लागि कारागार रहेका बेला २४ भदौमा असुरक्षाको कारण देखाउँदै अन्य कैदीबन्दीसँगै बाहिर निस्किएका थिए ।

रवि बाहिर निस्किँदा कारागार प्रशासनले दिएको भनिएको पत्रको आधिकारिकतामा समेत प्रश्न उठेको थियो । त्यसपछि रवि पुनः कारागारमै फर्किएका थिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस