२०८२ कार्तिक २८, बिहिबार

संसद पुनर्स्थापना,संविधान संशोधन,सर्वदलीय सरकार र अर्लि इलेक्सन एमालेको रोडम्याप : ज्ञवाली

संसद पुनर्स्थापना,संविधान संशोधन,सर्वदलीय सरकार र अर्लि इलेक्सन एमालेको रोडम्याप : ज्ञवाली

२७ कार्तिक दाङ / नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले संसद पुनर्स्थापना,संविधान संशोधन,सर्वदलीय सरकार र अर्लि इलेक्सन एमालेको रोडम्याप भएको बताएका छन् ।

प्रेस चौतारी दाङले आज तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा सम्मेलनमा उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन् । संसद पुनर्स्थापना,संविधान संशोधन, जेन–जीसहितको सर्वदलीय सरकार र अर्लि इलेक्सन एमालेको रोडम्याप हो ।’ ज्ञवालीले भने यथास्थितिमा चुनाव भएको त्यसको कुनै औचित्य हुँदैन् ।’

संसद पुनर्स्थापना,संविधान संशोधन,जेन–जीसहितको सर्वदलीय सरकार र अर्लि इलेक्स एमालेको रोडम्याप हो ।’ पत्रकार सम्मेलनमा उनले भने यथास्थितिमा हुने चुनावले शाही कालमा भएको स्थानीय सरकार जस्तै हुन्छ ।’ उनले सरकारले चुनाव गराउने बताए पनि चुनावको वातावरण गराउन तयार नभएको आरोप लगाए । दलका नेताको अनुहार हेर्नु छैन् भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले चुनाव बनाउन नचाहेको उनको भनाइ छ ।

उनले संविधान घाइते अवस्थामा भएको भन्दै संविधानले नचिन्ने सरकारले अहिले शासन गरेको दाबी समेत गरे । अहिले संविधान घाइते अवस्थामा छ ।’ उनले भनेझलोकतन्त्र खतरामा छ । संविधानले नचिन्ने सरकार छ । संविधानले अस्वीकार गरेका मन्त्री छन् ।’

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस