२०८२ मंसिर १६, सोमबार

सेयर बजारमा दोस्रो सर्किट ब्रेक

सेयर बजारमा दोस्रो सर्किट ब्रेक

२ असोज काठमाडौँ / लगानीकर्ताहरू आत्तिएपछि सेयर बजारमा बिहीबार केही मिनेटमै दोस्रो पटक सर्किट ब्रेक लागेको छ । सेयर बजार खुलेको तीन मिनेट नबित्दै चार प्रतिशतले घटेर सर्किट ब्रेक लागेको थियो ।

२० मिनेट बजार बन्द भएर खुलेको एक मिनेट मै बजार थप एक प्रतिशतले घट्यो । यो अवधिमा कुल पाँच प्रतिशतले घटेपछि बजारमा दोस्रो सर्किट ब्रेक लागेको हो ।

नेप्से एक सय ३३ अंक पाँच प्रतिशत ले घटेर नेप्से २५३८ विन्दुमा आएको छ । यो अवधिसम्म २८ करोड रूपैयाँको सेयर किनबेच भएको छ ।
बजार पहिलो एक घण्टा चार प्रतिशतले घटे वा बढेमा २० मिनेट कारोबार स्थगन हुन्छ । त्यस्तै, दुई घण्टा भित्र ५ प्रतिशतले घटे वा बढेमा ४०

मिनेटको लागि र तीन घण्टा भित्रमा ६ प्रतिशतले घटबढ भएमा दिनभरको लागि कारोबार स्थगन हुने नियम छ । भदौ २३ र २४ गते भएको प्रदर्शनको कारण भएको क्षतिले बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा भार पर्न सक्ने आकलन गरिँदै आएको छ ।

बुधबारसम्म बीमा प्राधिकरणमा निर्जीवन बीमा कम्पनीहरूले पेश गरेको तथ्यांक अनुसार २० अर्ब रूपैयाँ बराबरको दाबी परेको छ । अहिले कम्पनीहरूले औसतमा बीमाको ३० देखि ३५ प्रतिशतसम्म मात्रै भार आफूले राख्छन् । बाँकी भार नेपाली पुनर्बीमा (रि इन्सुरेन्स) कम्पनीहरूलाई सार्छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस