
१ मंसिर काठमाडाैँ / वंगलादेशकी निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनाका छोरा साजिब वाजेदले आफ्नी आमालाई मृत्युदण्डको फैसला हुन सक्ने बताएका छन् । हसिना विरूद्धको मानवता विरूद्धको अपराध कसुरमा ढाका अदालतले नोभेम्बर १३ बुधबार फैसला सुनाउँदैछ ।
हसिनाका छोरा वाजेद अमेरिका बस्छन् । आइतबार अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँग कुरा गर्दै वाजेदले फैसला के हुन्छ भन्ने कुरा अगाडि नै आकलन गर्न सकिने बताएका हुन् ।
’के फैसला हुँदैछ भन्ने हामीलाई थाहा छ । उनीहरूले मेरी आमालाई दोषी ठहराउनेछन् र सायद मृत्यु दण्डको सजाय सुनाउनेछन्,’ उनले भने । तर आफ्नी आमा भारतमा सुरक्षित रहेको उनले बताएका छन् ।
सन् २०२४ को अगस्टमा बंगलादेश छाडेर भागेदेखि हसिना भारतको नयाँ दिल्लीमा निर्वासित जीवन बिताइरहेकी छन् ।