१४ जेठ काठमाडौँ / गत चैत १५ गते तीनकुने क्षेत्रमा भएको राजावादीको आन्दोलनमा गोली लागेर घाइते भएकी रेविका खत्रीको न्यायको माग गर्दै बुधबार काठमाडौँमा प्रदशर्न गरिएको छ ।
कोटेश्वर क्याम्पसका विद्यार्थीले नयाँ बानेश्वरस्थित संसद् भवनको मूल गेट अगाडि प्रदर्शन गरेका छन् । प्रहरीले ८ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।
दुई जनाको ज्यान जाने गरी भएको तीनकुने प्रदर्शनको दुई महिना बितिसक्दा पनि आन्दोलनका क्रममा गोली लागेर घाइते भएकाहरू अझै उपचारमै छन् । आन्दोलमा कुनै सरोकार नै नभएकी उदयपुरकी रेविका पनि अस्पतालको बेडमै छिन् ।