२०८२ फागुन २९, शुक्रबार

सिन्धुपाल्चोक

विद्यार्थीमाथि यौन दुव्यर्वहारको आरोपमा शिक्षक पक्राउ

विद्यार्थीलाई यौन दुव्यर्वहार गरेको आरोपमा सिन्धुपाल्चोकमा एक शिक्षक पक्राउ परेका छन् ।
विद्यार्थीमाथि यौन दुव्यर्वहारको आरोपमा शिक्षक पक्राउ

माघ १५, सिन्धुपाल्चोक / विद्यार्थीलाई यौन दुव्यर्वहार गरेको आरोपमा सिन्धुपाल्चोकमा एक शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौतारा साँगाचोकगढी नगरपालिका–१२ का जनजागृति माध्यमिक विद्यालयका शिक्षक जितराज गिरी रहेका छन् । स्कूल नजिकै गिरीको आफ्नै स्टेशनरीमा गएका बेला १२ वर्षीया छात्रालाई गिरीले यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।

कक्षा ७ मा अध्ययनरत पीडित बालिकाले आफूमाथि भएको यौन दुर्व्यवहारबारे आफन्तलाई भनेपछि गिरीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएकोे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी काजिकुमार आचार्यले बताए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस