५ वैशाख काठमाडौँ / विभिन्न माग राखी १७ दिनदेखि आन्दोलनरत शिक्षकहरूले माइतीघर–नयाँ बानेश्वर सडक अवरोध गर्दा सर्वसाधारणले सास्ती भोग्नु परेको छ ।
मुख्य सडक नै अवरोध हुँदा १७ दिनदेखि सो क्षेत्रको ट्राफिक प्रभावित समेत हुँदै आएको छ । अहिले नयाँ बानेश्वर अनामनगर, माइतीघर मण्डला, थापाथली धोबीखोला कोरिडोरमा ट्राफिक भार बढेको छ भने लामो समय जाममा बस्नु परेको छ ।
विद्यालय शिक्षा ऐन माग गर्दै शिक्षकहरूले आन्दोलन जारी राखेका हुन् । सरकारले आन्दोलन स्थगित गर्न आग्रह गर्दै आए पनि शिक्षकहरूले त्यसलाई बेवास्ता गर्दै आन्दोलन जारी राखेका हुन् ।