
३ मंसिर काठमडौँ / लोकतान्त्रिक आदिवासि जनजाती माहासंघ नेपालले गरेको एक कार्यक्रममा पूर्व सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ्ले नेकपा एमाले र नेपाली काँग्रेसको सरकार केपी र्शमा वलीलाई हटाउने कुनै संवैद्यानिक बाटो नभएपछि जेनजीको नाममा अराजक तत्वहरुले निर्वतमान सरकार हट्नुपरेको बताएका छन् । नेकपा एमालेले ५ र ६ गते गर्ने कार्यक्रमको तयारी बैठकमा सम्बोधन गर्ने क्रममा यसो भन्नुभएको हो । नेकपा एमालेले मंसिर ५ र ६ गते नेशनल भोेलिन्टरको फोर्स गठन गर्दै छ भने मंसिर ६ गते ठुलो संख्यामा नेकपा एमालेको आयोजनामा जनजागरण सभा काठमाडौँमा गर्ने भएको छ । जनजागरण अन्तर्गत नेकपा एमालेले स्थानिय तहको वडा देखि नगरपालिका गाँउपालिका र जिल्लामा समेत जनजागरण सभा गरिसकेको छ । काठमाडौँमा गर्ने जनजागरण सभा पनि भब्य हुने बताएको छ ।
लोकतान्त्रिक आदिबासी जनजाति मंहासघ नेपालका अध्यक्ष पासाङ शेर्पाले मंसिर ५ र ६ गते हुने नेशनल भोलिन्टर फोर्स गठनका दिन आदिबासी जनजातिहरुको ५ हजार भन्दा बढी मोटरसाइकल र्यालीमा उपस्थित गर्ने बताएका छन् । सो कार्यक्रममा नेकपा एमालेका वोली ब्युरो सदस्य तथा लोकतान्त्रिक आदिबासि जनजाति मंहासघ नेपालका इर्न्चाज थममाया थापा मगरले सो कार्यक्रममा सम्बोधन गर्नु भएको थियो भने कार्यक्रममा नेता तथा कार्यकर्ताको बाक्लो उपस्थितति थियो ।