
पुष ८,काठमाडौँ / गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र काटेको छ। आयोगले मंगलबार पत्र पठाउँदै लेखकलाई ७ दिनभित्र उपस्थित भएर बयान दिन निर्देशन दिएको हो।
लेखकपछि आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बयानका लागि बोलाउने तयारी गरेको जनाएको छ।