
८ पुस, काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेताहरुसँग छलफल गरेका छन् ।छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी छन् ।
उनीहरूबीच अहिले शीतलनिवासमा पछिल्लो राजनीतिक घटनाक्रम र आगामी फागुन २१ गते हुने निर्वाचनबारे छलफल केन्द्रीत रहेको स्रोतले बताएको छ ।