२०८२ श्रावण २३, बिहिबार

सर्लाहीमा छुरा प्रहारबाट तीन जना घाइते

सर्लाहीको बलरामा छुरा प्रहारबाट तीन जना घाइते भएका छन् ।
सर्लाहीमा छुरा प्रहारबाट तीन जना घाइते

२२ साउन, काठमाडौं / सर्लाहीको बलरामा छुरा प्रहारबाट तीन जना घाइते भएका छन् । बलरा नगरपालिका–१ मा दुई समूहबीच मदिरा सेवनका क्रममा विवाद हुँदा झडप भएको हो ।

झडपको क्रममा एक समूहले अर्को समूहलाई छुरा प्रहार गर्दा तीन जना घाइते भएका छन् । घाइते हुनेमा सोही वडाका २५ वर्षीय धर्मवीर सहनी, १८ वर्षीय दशरथ सहनी र २५ वर्षीय अमित मण्डल रहेका छन् ।

धर्मवीरको पेटमा, दशरथको घाँटीमा र अमितको दाहिने हातमा चोट लागेको प्रहरीले जनाएको छ । घाइते तीनै जनालाई उपचारका लागि बलरास्थित धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

उनीहरूमाथि छुरा प्रहार गर्ने व्यक्तिहरू फरार रहेको र उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ती व्यक्तिहरूमाथि छुरा प्रहार गर्नेहरूमा भारत बस्ने अमन सिंह, बिकास सिंह, अटल राय र अवशेख सिंह रहेका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस