२०८२ कार्तिक १७, आईतबार

दाउन्ने खण्डमा सवारी जाम, यात्रु मर्कामा

दाउन्ने खण्डमा सवारी जाम, यात्रु मर्कामा

१६ कार्तिक काठमाडौं / पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्डमा सवारी साधनको लामो जाम भएपछि यात्रुहरु मर्कामा परेका छन् । पानी परेसँगै बाटो चिप्लो भएको र केही सवारी साधनहरु बिग्रिएर बाटोमै रोकिएकाले सवारी साधनको जाम लागेको हो ।

एकजना कार चालकले हिजो बेलुका दाउन्नेमा आइपुगेकोमा रातभर जाममा परेर आज बिहान सात बजे बल्ल दुम्किबास आइपुगेको बताएका छन् । उनले थुप्रै संख्यामा यात्रुहरु सडकमै अलपत्र परेको बताए ।

अरुणखोला, चोरमारातर्फको जंगल क्षेत्रमा सयौं सवारी साधनहरु रोकिएका छन् । त्यहाँ करिब ४०० गाडीहरुको लाइन रहेको स्थानीय बताउँछन् ।
प्रहरीका अनुसार दाउन्ने सडकखण्डको तिसठ्ठी मोडमा ४ वटा ट्रक र एउटा बस बिग्रिएकाले राजमार्ग एकतर्फी भएको हो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस