२०८२ श्रावण ३१, शुक्रबार

सुनसरीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

सुनसरीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

५ साउन / सुनसरी इटहरी उपमहानगरपालिका– २ स्थित ट्याङ्ग्रा खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको ज्यान गएको छ । मृत्यु हुनेहरूमा संखुवासभाको चैनपुर नगरपालिका–१ घर भई इटहरीमा बस्दै आएका ११ वर्षीय क्रिश्वास लिम्बु र इटहरी–३ का ८ वर्षीय दिप्सन चौधरी रहेका छन् ।

उनीहरू आइतबार गते दिउँसो खोलामा पौडी खेल्न गएका थिए । खोलामा डुबेको अवस्थामा उनीहरूको उद्धार गरी उपचारका लागि तत्काल अस्पताल पुर्याइएको थियो । क्रिश्वास लिम्बुलाई विराटनगरस्थित विराट मेडिकल कलेज र दिप्सन चौधरीलाई नोबेल अस्पताल लगिएको थियो ।

तर, उपचारकै क्रममा दुवैको ज्यान गएको प्रहरीले जनाएको छ । यस घटनाबारे इलाका प्रहरी कार्यालय इटहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस