२०८२ अषाढ ३१, मंगलबार

दाङमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

दाङमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
दाङमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

३१ असार काठमडौँ / दाङमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । रा ७ प ३२७० नम्बरको मोटरसाइकल घोराही उपमहानगरपालिका–४ सिस्नेखोलामा अनियन्त्रित भएर दुर्घटना हुदा गढवा गाउँपालिका– ८ घर भई घोराही उपमहानगरपालिका–१७ भैँसाहिमा डेरा गरी बस्ने १८ वर्षीय रोहित बिक र १६ वर्षीय निशान बिकको मृत्यु भएको हो ।

दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक चक्रबहादुर शाहले जानकारी दिए । शाहका अनुसार रामपुरबाट घोराहीतर्फ जादै गरेको रा ७ प ३२७० नम्बरको मोटरसाइकल घोराही उपमहानगरपालिका–४ सिस्नेखोलामा सोमबार बेलुका अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस