
१० मंसिर काठमाडौं / नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन सत्र भक्तपुरको सल्लाघारीस्थित खुलाचौरमा सार्ने भएको छ । मंसिर २७ गते हुने महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुलाचौरमा गर्ने निर्णय भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
नेता गौतमका अनुसार काठमाडौँको भृकुटीमण्डपमा ठाउँ साँघुरो हुने भएपछि महाधिवेशनको उद्घाटन सत्र भक्तपुरमा गर्ने निर्णय भएको हो ।महाधिवेशनको बन्द सत्र भने भृकुटीमण्डमा हुनेछ । महासचिव शंकर पोखरेल संयोजक रहेको एमाले महाधिवेशन सचिवालय समितिको बुधबार बसेको बैठकले महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीमा गर्ने तय गरेको हो ।