३० असार काठमाडौं / नेकपा (एमाले) का सांसद किरणकुमार साहले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई पदबाट हटाउन माग गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा मन्त्री घुस डिलमा मुछिएको अडियो सार्वजनिक हुँदा सरकार किन मौन छ भनी प्रश्न गरे ।
“सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताजीले घुस डिल गरेको अडियो सार्वजनिक भइसकेको अवस्थामा सरकार किन मौन छ ? दुनियाँले सुनेको अडियो नसुनेझैँ गर्नु लोकतन्त्रको अपमान हो,” उनले भने, “गुप्ताजीलाई बर्खास्त गरियोस् र निष्पक्ष छानिबन होस् ।”