
१० कात्तिक, काठमाडौं / नेकपा एमालेले जेनजी आन्दोलनमा जलेको पार्टीको मुख्यालय परिसरमा पाल टाँगेर कामकाज सुरु गरेको छ । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते च्यासलस्थित एमाले मुख्यालयमा तोडफोडसँगै आगजनी भएको थियो ।
एमालेले आगामी मंसिर २७, २८ र २९ गते पोखरामा ११औं महाधिवेशन गर्ने जनाएको छ । कार्यालय सचिव डा. भीष्म अधिकारीले पालबाटै महाधिवेशन र अरू नियमित काम सुरु गरेको जानकारी दिए ।
‘अहिले कोशी सम्पर्क कार्यालय नजिकै पाल टाँगेर कार्यालय सुरु गरेका छौं, यहीँबाट महाधिवेशनसँग सम्बन्धित कामहरू पनि हुनेछन्,’ उनले भने ।