२०८२ अषाढ १७, मंगलबार

माओवादी र रास्वपाप्रति एमालेका युवा नेताहरुको टिप्पणी ‘संसदभित्रको आन्दोलनले दुवैलाई धुलिसात बनायो ’

नेकपा एमालेका दुईजना युवा नेताले नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका गतिविधीप्रति कडा कटाक्ष गरेका छन् ।
माओवादी र रास्वपाप्रति एमालेका युवा नेताहरुको टिप्पणी ‘संसदभित्रको आन्दोलनले दुवैलाई धुलिसात बनायो ’

असार ३ काठमाडौं / नेकपा एमालेका दुईजना युवा नेताले नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका गतिविधीप्रति कडा कटाक्ष गरेका छन् । उनीहरुले संसदमा सत्तापक्षसँग गरेको माओवादीको दुई बुँदे सहमति र रास्वपाको पलेटी आन्दोलनले दुवैलाई धुलिसात बनाएको बताएका छन् ।

पार्टी पोलिटव्यूरो सदस्य एवं प्रतिनिधी सभा सदस्य सूर्य थापा र केन्द्रीय सदस्य विष्णु रिजालले सामाजिक सञ्जालमा लेख्दै माओवादीको लोकप्रियता संसदमा गरेको दुई बुँदे सहमतिले उदाँगो पारेको बताएका छन् । पोलिटव्यूरो सदस्य थापाले दुई बुँदे सहमतिले माओवादीको लोकप्रियताको प्वाँख काटिएको टिप्पणी गर्नु भएको छ भने  केन्द्रीय सदस्य रिजालले दुई बुँदे सहमतिको टालोले माओवादीले मुख छोपेको उल्लेख गर्नु भएको छ ।

थापाले माओवादीका अध्यक्ष प्रचण्ड माओवादीले आफैंलाई हेर्दै दंग पर्ने गरेको ऐना हेरेर हाँस्न र रुन नमिल्ने गरी झर्यामझुरुम भएको बताउनुभएको छ । ‘म त असाध्य लोकप्रिय भएको छु भन्दै हुलाकी र मध्यपहाडी लोकमार्ग घुमफिर गर्दा गरेको दुःख पनि धुलिसातै भयो’ थापाले प्रचण्डप्रति व्यंग्य गर्दै लेख्नु भएको छ ‘आफैंलाई हेर्दै मुस्कुराउँदै दंग पर्दै गरेको ऐना पनि झर्यामझुरुम भयो फेरी हेरेर हाँस्न र रुन नमिल्ने गरी । माओवादी केन्द्रकै नेता कार्यकर्ताले आजकल नेतृत्वको श्रद्धा होइन,श्राद्ध पो गरिरहेका छन् ।’ उहाँले प्रचण्डले ०८४ को आमनिर्वाचनमा बहुमत आउँछ भनेर गरेको दाबीको पनि उल्टो हिसाब दिनुभएको छ । ‘२७५ को बहुमत १३८ होइन,३२ को बहुमत १७ सम्म ,१७ को बहुमत ९ त आउला कामना गरौं ’ थापाले लेख्नु भएको छ ।

राजनीतिक पार्टीको गलत माग र जबरजस्ती गर्दाको परिणामको उदाहरण माओवादी भएको उल्लेख गर्दै थापाले गलत मागलाई अझ अघि बढाए रास्वपा जस्तो हुने चेतावनी पनि दिनुभएको छ । रास्वपा साँसदहरुले संसद बैठकमा पलेटी कसेर बसेकोप्रति टिप्पणी गर्दै थापा लेख्नु हुन्छ ‘एकदिन पनि उभिएर नारा लगाउन नसकी थचक्क बस्नुपर्ने र भुँईंमा निदाउनु पर्ने बोइलर  बोइलरहरुले के तमासा गर्नु बजेट छलफललाई अवरोध गरेर ।’

थापाले हिजोको संसद बैठकमा पलेटी कसेर बसेका रास्वपा साँसदहरुलाई लक्षित गरेर आफूले रत्नपार्क कि सहिद गेट हो भनेर प्रश्न गरेको स्मरण गराउदै लेख्नु भएको छ ‘त्यसै रत्नपार्क,कलंकी र पोखराको चिप्लेढुंगामा नाराजुलुस गरेजस्तो नगरी कुर्सीमा बस्नुस भनिएको होइन नि ।’

यता केन्द्रीय सदस्य रिजालले दुई बुँदे सहमतिका कारण माओवादी बाहिर मात्र हैन आफैंभित्र पनि तिव्र रुपमा आलोचित भइरहेको उल्लेख गर्नुभएको छ । गृहमन्त्रीको राजिनामाको मागका कारण रास्वपा झन् ठुलो संकटमा फसेको बताउनभुएको छ । ‘रविजी जेलमा हुनुहुन्छ र उहाँलाई संसद चल्नु र नचल्नुसँग मतलव छैन । संसदमा रास्वपा नेतृत्वविहिन छ र गृहमन्त्रीको राजिनामा मागमा नराम्री फसेको छ ’ रिजालले लेख्नु भएको छ ‘रास्वपाले जति अवरोध गर्छ,त्यति अप्ठेरोमा पर्छ । जब पछि हट्छ,त्यसपछि

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस