२०८२ पौष २७, आईतबार

पानी हाँस

साइबेरियाबाट आएका पानी हाँस हेटौंडाको माछापालनमा भेटिए

हेटौंडा उपमहानगरपालिका–५ माछापालन क्षेत्रमा दुई दर्जन बढी साइबेरियाबाट जाडो छल्न आएका पानी हाँस (जलेवा) फेला परेका छन्।
साइबेरियाबाट आएका पानी हाँस हेटौंडाको माछापालनमा भेटिए

पुस २७, हेटौंडा / हेटौंडा उपमहानगरपालिका–५ माछापालन क्षेत्रमा दुई दर्जन बढी साइबेरियाबाट जाडो छल्न आएका पानी हाँस (जलेवा) फेला परेका छन्। जलपन्छी गणना गर्ने टोलीले आइतबार ठूलो खालको जलेवा अर्थात पानी हाँस फेला पारेको हो।

साइबेरियाबाट जाडो छल्न र आहाराको खोजीमा पानी हाँस यो क्षेत्रमा आएको वर्ड कन्जरभेसन नेपाल (विसिएन) हेटौंडा शाखाका कोर्डिनेटर विवेक मेहताले बताए। ‘यहाँ सानो र ठूलो खालको दुई थरीका जलेवा भेटिए,’ उनले भने, ‘ठूलो खालको जलेवा साइबेरियालगायत अरु देशबाट जाडो छल्न र आहाराको खोजीका लागि यहा आएको हो, सानो खालको रैथााने हो ।’ हेटौंडा–५ पिप्लेस्थित मत्स्य केन्द्रमा दुई दर्जन भन्दाबढी माछाका पोखरी छन्।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस