
माघ २३, झापा / झापाको शिवसताक्षी नगरपालिका–११ सतासी खोलाको शाखा कल्भर्ट नजिक माटोको ढिस्कोले पुरिएर उपचारका क्रममा एक जना मजदुरको मृत्यु भएको छ। शुक्रबार दिउँसो करिब २ बजेर १० मिनेटको समयमा फाइबर इन्टरनेट जडानका लागि जमिनमूनि खाल्डो खनेर काम गरिरहेका बेला एक्कासी साइडको माटोको ढिस्को खस्दा एनसेलका लागि काम गर्दै आएका मजदुर रमेशकुमार यादव घाइते भएका थिए। सिराहाको लहान घरभएका अन्दाजी ३५–३६ वर्षीय यादवलाई तत्काल स्थानीयको सहयोगमा एम्बुलेन्समार्फत उपचारका लागि अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।