२०८२ आश्विन ३०, बिहिबार

जसपाको मधेश नेतृत्वका दाबेदार योगेन्द्र यादव पक्षद्वारा निर्वाचन बहिष्कार

जसपाको मधेश नेतृत्वका दाबेदार योगेन्द्र यादव पक्षद्वारा निर्वाचन बहिष्कार

३० असोज काठमाडौं / जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेशको नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया जारी रहेको समयमा एक पक्षले निर्वाचन नै बहिष्कार गर्ने घोषणा गरेको छ ।

नेतृत्व चयनका लागि मतदाता नामावली प्रकाशन गरेर मनोनयन प्रक्रिया चलिरहेको समयमा अध्यक्ष पदका उम्मेदवार योगेन्द्र यादवले अधिवेशन बहिष्कारको घोषणा गरेका हुन् ।

जसपा, नेपालको विधानविपरीत अधिवेशन भइरहेकाले आफूहरुले अधिवेशन बहिष्कार गरेको अध्यक्ष पदका उम्मेदवार योगेन्द्र यादवले बताए । अधिवेशन कर्मकाण्डी हिसावले चलिरहेको र अर्का उम्मेदवार बालकिशोर यादवले विधान विपरीत आफूखुशी प्रतिनिधि छनौट गरेकाले आफूहरु अधिवेशनमा सहभागी हुने वातावरण नरहेको उनले बताए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस