२०८३ मंसिर ३, बुधबार

‘देश बनाउने जिम्मा फेरि एमालेले लिन्छ’ : केपी ओली

ओलीको दाबी : ‘फेरि एमाले सरकारमा जान्छ, कान खोलेर सुने हुन्छ’

ओलीको घोषणा : ‘फेरि एमाले सरकारमा जान्छ, कान खोलेर सुने हुन्छ’
ओलीको दाबी : ‘फेरि एमाले सरकारमा जान्छ, कान खोलेर सुने हुन्छ’

२ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी फेरि सरकारको नेतृत्वमा पुग्ने दाबी गरेका छन् ।

काठमाडौंमा बुधबारदेखि सुरु भएको पार्टीको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले पुनः सरकारमा जाने बताएका हुन् ।

उनले एमाले यसअघि पनि संघर्षको मैदानबाट जनताको समर्थनमा सरकारमा पुगेको भन्दै कसैको कृपा र आशीर्वादमा सत्तामा नगएको जिकिर गरे ।

‘संघर्षको मैदानबाट आएर लडेर जितेर कसैको कृपाले हामी सरकारमा गएका थिएनौं । जनताको कृपाले गएका हौं,’ ओलीले भने, ‘अरू कुनै प्रतिक्रियावादी शक्ति, जनविरोधी शक्ति, देशद्रोही शक्तिका कृपा र आशीर्वादमा नेकपा एमाले सरकारमा गएको होइन ।’

उनले एमाले फेरि सरकारमा जाने दाबी गर्दै विपक्षीहरूलाई कान खोलेर सुन्न चुनौतीसमेत दिए ।

‘फेरि नेकपा एमाले सरकारमा जान्छ । कान खोलेर सुने हुन्छ । देश बनाउँछ नेकपा एमालेले । विकासका काम जुन अगाडि सारेको छ, नेकपा एमालेले ती विकासका कामलाई फेरि अगाडि बढाउँछ,’ ओलीले भने ।

एमालेले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सपना नछोड्ने उल्लेख गर्दै उनले आगामी दिनमा अझ स्पष्ट ढंगले त्यसलाई अघि बढाउने बताए ।

‘समृद्ध नेपाल, सुखी नेपालीको सपना देख्न छोड्दैन । झन् प्रस्ट ढंगले देख्छ,’ ओलीले भनेका छन् ।

राष्ट्रिय कार्यकर्ता भेलालाई आगामी पालिका निर्वाचनको तयारीमा केन्द्रित गर्ने एमालेले जनाएको छ । भेलामा पार्टीका विभिन्न तहका ३ हजार ४०० भन्दा बढी प्रतिनिधि सहभागी हुने कार्यक्रम छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस