२०८३ मंसिर ४, बिहिबार

बिहीबार सुन प्रतितोला २ लाख ५७ हजार ६०० र चाँदी ३ हजार ३३५ रुपैयाँमा कारोबार

सुनको मूल्य एकैदिन ३ हजार ३०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

सुनको मूल्य तोलामा ३ हजार ३०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो
सुनको मूल्य एकैदिन ३ हजार ३०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

३ मंसिर, काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले घटेको हो ।

बिहीबार सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँ रहेको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले घटेको छ । बुधबार प्रतितोला ३ हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ३ हजार ३३५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

महासंघका अनुसार बिहीबार १० ग्राम सुनको मूल्य २ लाख २० हजार ८५० रुपैयाँ कायम भएको छ । त्यस्तै, १० ग्राम चाँदीको मूल्य २ हजार ८५९ रुपैयाँ निर्धारण गरिएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस