२०८३ मंसिर ३, बुधबार

आईजीपीबाट हटाउने निर्णयविरुद्ध कार्कीको रिट, सुनुवाइ सकियो

दानबहादुर कार्कीको रिटमा सर्वोच्चमा बहस सकियो, केहीबेरमा आदेश आउने

दानबहादुर कार्कीको रिटमा बहस सकियो, केहीबेरमा सर्वोच्चको आदेश
दानबहादुर कार्कीको रिटमा सर्वोच्चमा बहस सकियो, केहीबेरमा आदेश आउने

२ मंसिर, काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा उक्त रिटमाथि सुनुवाइ भएको हो । सुनुवाइका क्रममा दुवै पक्षका कानुन व्यवसायीको बहस सकिएको र केहीबेरमा आदेश आउने बताइएको छ ।

सरकारले गत १८ कात्तिकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो । सोही दिन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई प्रहरी महानिरीक्षकमा बढुवा गरिएको थियो ।

मन्त्रिपरिषद्को उक्त निर्णय गैरकानुनी भएको र आफू अन्यायमा परेको दाबीसहित कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

तिहार र छठको बिदापछि मंगलबार अदालत खुलेसँगै सर्वोच्च अदालत प्रशासनले कार्कीको रिटमाथि आजका लागि प्रारम्भिक सुनुवाइको मिति तोकेको थियो ।

अब सर्वोच्च अदालतले गर्ने आदेशले कार्कीको रिटसम्बन्धी आगामी कानुनी प्रक्रिया तय गर्नेछ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस