२०८३ मंसिर ४, बिहिबार

राखेपको कार्यकारी समितिको निर्णयपछि एन्फामाथि लगाइएका सबै प्रतिबन्ध हटाइयो

एन्फामाथिको प्रशासनिक तथा आर्थिक निलम्बन फुकुवा

एन्फामाथिको प्रशासनिक तथा आर्थिक निलम्बन राखेपद्वारा फुकुवा
एन्फामाथिको प्रशासनिक तथा आर्थिक निलम्बन फुकुवा

३ मंसिर, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको प्रशासनिक तथा आर्थिक निलम्बन फुकुवा गरेको छ ।

राखेपका सदस्यसचिव रामचरित्र मेहताको हस्ताक्षर रहेको पत्र बिहीबार एन्फालाई पठाउँदै निलम्बन तथा प्रतिबन्ध फुकुवा गरिएको जानकारी गराइएको हो ।

राखेपको कार्यकारी समितिले नोभेम्बर १९ अर्थात् मंसिर ३ गते गरेको निर्णयअनुसार एन्फामाथि यसअघि विभिन्न समयमा लगाइएका सबै प्रकारका निलम्बन तथा प्रतिबन्ध हटाइएको पत्रमा उल्लेख छ । प्रशासनिक र आर्थिक प्रतिबन्धसमेत पत्र जारी भएको मितिदेखि लागू हुने गरी फुकुवा गरिएको हो ।

एन्फाले गत अप्रिल ५ अर्थात् चैत २३ गते पत्रमार्फत निलम्बन फुकुवा गर्न राखेपसमक्ष अनुरोध गरेको थियो ।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ को उपदफा ३ अनुसार निलम्बन फुकुवा गर्ने निर्णय गरिएको राखेपले जनाएको छ ।

यस निर्णयबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा तथा खेलकुद मन्त्रालय, मन्त्रीको सचिवालयका साथै अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) लाई समेत जानकारी गराइएको राखेपले जनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस