
धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको घोप्टेभीरमा सुक्खा पहिरो खस्ने क्रम अझै रोकिएको छैन। पहिरो पन्छाएपछि हाल उक्त सडकखण्डमा कम्तीमा एकतर्फी रूपमा सवारी आवागमन सञ्चालन गरिएको छ। तर, पहिरोको जोखिम भने कायमै रहेको छ।
नागढुंगा–मुग्लिन सडक योजना कार्यालयका अनुसार पहिरो नियन्त्रण तथा सडकलाई सहज बनाउने उद्देश्यले आवश्यक मेसिन तथा उपकरण परिचालन गरी काम भइरहेको छ।
उक्त स्थानमा जुनसुकै समयमा पुनः पहिरो खस्न सक्ने सम्भावना रहेकाले सडक प्रयोगकर्तालाई यात्रा गर्दा विशेष सतर्कता अपनाउन तथा ट्राफिक नियम पूर्ण रूपमा पालना गर्न आग्रह गरिएको छ।
योजनाका अनुसार केही दिनभित्रै उक्त स्थानमा सुरक्षित रूपमा दुईतर्फी सवारी आवागमन सञ्चालन गर्ने लक्ष्यसहित काम भइरहेको छ।
सडक प्रयोगकर्तालाई पहिरो प्रभावित क्षेत्र पार गर्दा सावधानी अपनाउन आग्रह गरिएको छ।