२०८३ मंसिर ३, बुधबार

काठमाडौंको नेतृत्व गर्ने दौडमा सुमना श्रेष्ठ, मेयरमा उठ्ने घोषणा

काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा

सुमना श्रेष्ठले घोषणा गरिन् काठमाडौं महानगरको मेयरमा उम्मेदवारी
काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा

२ मंसिर, काठमाडौं । पूर्वमन्त्री सुमना श्रेष्ठले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

उनले कुन राजनीतिक दलबाट वा स्वतन्त्र रूपमा चुनाव लड्ने भन्नेबारे भने खुलाएकी छैनन् ।

आफ्नो ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने उनको भनाइ छ ।

सुमना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्वसहमहामन्त्री हुन् । उनी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनेपछि पार्टीको सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन् ।

पछि उनी पार्टीको सक्रिय राजनीतिबाट समेत निष्क्रिय भएकी थिइन् ।

काठमाडौं महानगरको मेयरमा उम्मेदवारी घोषणा गरे पनि उनले चुनावी तयारी र राजनीतिक आबद्धताबारे थप विवरण सार्वजनिक गरेकी छैनन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस