२०८३ कार्तिक १९, बुधबार

यमुना विश्वकर्मा

नेपाल दलित सङ्घको अध्यक्षमा यमुना विश्वकर्मा मनोनीत

नेपाल दलित सङ्घको अध्यक्षमा यमुना विश्वकर्मा मनोनीत
नेपाल दलित सङ्घको अध्यक्षमा यमुना विश्वकर्मा मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले नेपाल दलित सङ्घको अध्यक्षमा यमुना विश्वकर्मालाई मनोनीत गरेको छ।
पार्टीको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा. शशाङ्क कोइरालाले तनहुँकी विश्वकर्मालाई सङ्घको अध्यक्षको जिम्मेवारी दिएका हुन्।
संयोजक कोइरालाद्वारा हस्ताक्षरित मनोनयन पत्रमा पार्टी केन्द्रीय समितिको निर्णयअनुसार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ४२ को उपधारा १ (च) बमोजिम विश्वकर्मालाई अध्यक्ष पदमा मनोनयन गरिएको उल्लेख छ।
नवनियुक्त अध्यक्ष विश्वकर्मालाई आगामी ६ महिनाभित्र नेपाल दलित सङ्घको महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसमेत दिइएको छ।
मनोनयन पत्रमा पार्टीका स्थापित मूल्यमान्यता आत्मसात् गर्दै निर्धारित समयभित्र महाधिवेशन सम्पन्न गरी सङ्गठनलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।
यससँगै देउवा समूहले नेपाल दलित सङ्घको नेतृत्वमा विश्वकर्मालाई अघि सारेको छ। अब उनको नेतृत्वमा सङ्घको महाधिवेशन सम्पन्न हुने जिम्मेवारी रहेको छ।

यो पनि

ताजा अपडेट

७ घण्टा अघि

(Untitled)

यो साताको प्रचलित

खोजी गर्नुहोस