
७ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।
भारतको नयाँ दिल्लीमा आयोजित नेपाल–भारत संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा दिएका हुन् ।
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा दुई देशबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता तथा विभिन्न विषयमा सहमति भएका छन् । सोही क्रममा आयोजित संयुक्त पत्रकार सम्मेलनमा शाहले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् ।