
७ मंसिर, काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रुद्राक्ष उपहार दिएका छन् ।
दिल्लीमा आज भएको द्विपक्षीय भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले कलात्मक काठको बट्टाभित्र राखेर मोदीलाई रुद्राक्ष उपहार दिएका हुन् ।
भेटका क्रममा दुवै देशका प्रधानमन्त्रीले उपहार आदानप्रदान गरेका थिए ।