
६ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह दुईदिने औपचारिक भ्रमणका लागि आइतबार भारत प्रस्थान गरेका छन् । उनी ३४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँ दिल्ली गएका हुन् ।
नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत भारत प्रस्थान गरेका प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल पनि भ्रमण टोलीमा सहभागी छन् ।
प्रधानमन्त्री शाहलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने कार्यक्रम छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरलगायत उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ता गर्नेछन् ।
दुईदिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ ।