२०८३ मंसिर ७, आईतबार

प्रधानमन्त्री बालेन दिल्ली उडे, भोलि मोदीसँग भेटवार्ता

प्रधानमन्त्री बालेन भारत प्रस्थान, विमानस्थलमा विराजभक्त र सुधनले गरे बिदाइ

प्रधानमन्त्री बालेन भारत प्रस्थान, विमानस्थलमा विराजभक्त र सुधनले गरे बिदाइ
प्रधानमन्त्री बालेन भारत प्रस्थान, विमानस्थलमा विराजभक्त र सुधनले गरे बिदाइ

६ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । उनी नेपाल एयरलाइन्सको नियमित उडानमार्फत केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँदिल्लीका लागि प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री शाहलाई विमानस्थलमा बिदाइ गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदिश खरेल पुगेका थिए ।

प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी र पत्रकार गरी ३४ सदस्य सहभागी छन् ।

त्यस्तै, निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायीको टोली आफ्नै खर्चमा भारत भ्रमणमा सहभागी हुँदैछ ।

प्रधानमन्त्री शाहलाई भारतको नयाँदिल्लीस्थित विमानस्थलमा भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपाली राजदूतावासका प्रवक्ता अम्बिका जोशीले जानकारी दिएकी छन् ।

भोलि मोदीसँग उच्चस्तरीय वार्ता

प्रधानमन्त्री शाहको भ्रमणको दोस्रो दिन अर्थात् मंसिर ७ गते उच्चस्तरीय भेटघाट हुनेछ । उनले भारतीय समयअनुसार बिहान १० बजे नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नेछन् ।

त्यसपछि भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ । वार्ताका क्रममा शाह र मोदीबीच करिब आधा घण्टा एक्लाएक्लै भेटवार्ता गर्ने तयारीसमेत रहेको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस