
६ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) दुईदिने राजकीय भ्रमणका लागि आज भारतको नयाँदिल्ली प्रस्थान गर्दैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी नेपाल एयरलाइन्सको नियमित उडानमार्फत दिउँसो १ः४५ बजे भारत जान लागेका हुन् ।
प्रधानमन्त्री बनेपछि शाहको यो पहिलो राजकीय विदेश भ्रमण हो ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
सोमबार भारतीय प्रधानमन्त्री मोदीसँग हुने प्रतिनिधिमण्डलस्तरीय वार्तामा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, व्यापार, ऊर्जा, लगानी, पारवहन तथा पूर्वाधार विकासलगायत विषयमा छलफल हुने बताइएको छ ।
भ्रमणका क्रममा विभिन्न समझदारीपत्र आदानप्रदान गर्नुका साथै ऊर्जा तथा सम्पर्क सञ्जालसम्बन्धी परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने तयारी छ ।
प्रधानमन्त्री शाह सोमबार साँझ ६ः३५ बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ ।