२०८३ मंसिर ८, सोमबार

कीर्तिपुरमा आगलागी

कीर्तिपुरको सिरक–डसना उद्योगमा आगलागी, २५ लाखसम्मको क्षति

कीर्तिपुरको सिरक–डसना उद्योगमा आगलागी, २५ लाखसम्मको क्षति
कीर्तिपुरको सिरक–डसना उद्योगमा आगलागी, २५ लाखसम्मको क्षति

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–९ ढल्पामा रहेको सिरक–डसना उद्योगमा आगलागी हुँदा लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ।
विकास चौधरीले सञ्चालन गर्दै आएको उक्त उद्योगमा आज दिउँसो करिब २ः३० बजे आगलागी भएको हो। प्रारम्भिक जानकारीअनुसार विद्युत् सर्ट भएर आगलागी भएको आशंका गरिएको छ।
आगलागीबाट उद्योगमा रहेका तीनवटा मेसिनसहित गोदाममा भण्डारण गरिएका सिरक तथा डसनामा क्षति पुगेको उद्योग सञ्चालक चौधरीले जानकारी दिएका छन्।
उनका अनुसार आगलागीबाट करिब २० देखि २५ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
आगलागीबाट उद्योगका मेसिन तथा भण्डारण गरिएका सामग्रीमा क्षति पुगेपछि उद्योग सञ्चालकलाई ठूलो आर्थिक नोक्सानी भएको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस